back

इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्न कांग्रेसको आग्रह

वि.सं.२०८० असोज २१ आइतवार

1.2K 

shares

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्था गर्न आग्रह गरेको छ ।

कांग्रेसले इजरायलका विभिन्न स्थानमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते भएको र केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाको घोर भत्र्सना समेत गरेको छ ।

इजरायलमा विभिन्न कायरणले बसोबास गर्दै आएका नेपालीहरुको एकिन तथ्यांक पत्ता लगाई उनीहरुको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनुका साथै आवस्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न समेत कांग्रेसले जोडदार माग गरेको छ ।

‘इजरायलमा कार्यरत नेपालीहरुलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरु, अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तराष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तराष्ट्रिय समुदायसँग नेपाली कांग्रेसका तर्फबाट हार्दिक अपिल गर्दछु,’ सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै अप्ठेरोमा परेका नेपालीहरुले आवस्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १७:२७ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...