काठमाडौं । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समुह हमासको निरन्तर आक्रमणका कारण नेपाल फर्किन चाहाने नेपालीलाई सरकारले तत्काल स्वदेश फर्काउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल एयरलाईन्सका सम्बन्धीत अधिकारीहरुसँग बुधबार छलफल गर्दै उद्धारका लागि इजरायल जहाज पठाउन भइरहेको ढिलाई बारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले उक्त कुराको जानकारी लिँदै आजै कुनै हालतमा पनि एयरलाईन्सको जहाज इजरायल पठाउन निर्देशन दिएका हुन् । आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
अहिलेको अवस्था सामान्य नरहेकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने र सरकारले त्यसको अनुमति इजरायल सरकारबााट लिइसकेको बताइएको छ ।
शनिबार विद्रो समुह हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । साथै आक्रमणस्थलमा रहेका नेपालीको पनि उद्धार गरेर सुरक्षित स्थलमा ल्याइसकेको इजरायल स्थित दूतावासले जनाएको छ ।
वि.सं.२०८० असोज २४ बुधवार १४:०६ मा प्रकाशित






























