back

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भेटे एमाले अध्यक्ष ओली

वि.सं.२०८० असोज २८ आइतवार

1K 

shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

शनिबार नेकपा एमालेका सांसदहरुको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले शनिबारै काठमाडौं आएर नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायतका नेताहरुलाई भेट्दै आएका छन् ।

उनले आइतबार एमालेका अध्यक्ष ओलीलाई भेटे मन्त्रिमण्डल विस्तारका विषयमा कुराकानी गरेको बताइएको छ ।

मुख्यमन्त्री कार्कीले आइतबार बिहान केपी ओली निवास बालकोट पुगेर मुख्यमन्त्री बन्न सहयोग गरेकोमा धन्यवाद दिएका थिए भने ओलीले बधाई दिएका थिए । अध्यक्ष ओलीले बधाई दिँदै मुलुकमा सहकार्यको सुरुवात कोशी प्रदेशबाट भएको बताएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै मुख्यमन्त्री पदको सपथ लिने र एमालेसहितको तीन सदस्यी मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

 

 

वि.सं.२०८० असोज २८ आइतवार १२:३२ मा प्रकाशित

Himalayan Life AD
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

धरान (सुनसरी) । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी...

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

पाँचथरमा बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

रवीन्द्र काफ्ले, पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा...

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...