back
CTIZAN AD

ठोटनेरीमा पहिलोपटक विद्युत् पुग्यो

वि.सं.२०८० असोज २८ आइतवार

1.2K 

shares

टक्सार (भोजपुर) । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ ।

जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् ।

घरमा विद्युत् सेवा पुगेकामा खुसी हुँदै स्थानीय मानबहादुर विश्वकर्माले भने, “गाउँमा विद्युत् सेवा आउनासाथ बिजुली अफिस (प्राधिकरण)बाट मिटर ल्याएर जडान गरेका हौँ । अन्धकारमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” साल्पासिलिछो क्षेत्रको सबै वडा तथा घरधुरीमा भने विद्युत् सेवा पुग्न नसकेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख रामबाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरूमा समेत बजेटअनुसार विद्युतीकरणको कार्य गर्दै आइरहेको बताए । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले वार्षिक बजेट अनुसारका काम कार्यालयबाट तथा बोलपत्रका माध्यमबाट हुँदै आएको उहाँले जानकारी दिए । प्रमुख चौधरीले भने, “साल्पासिलिछोका सबै गाउँमा विद्युत् विस्तार गर्ने योजना अनुसार अहिले वडा नं २ मा विस्तार गरेका छौँ । विस्तारै सबैतिर विद्युतीकरण गर्दै जाने छौँ ।”

वडामा पहिलोपटक बिजुली बलेपछि स्थानीय ७२ वर्षीय बलबहादुर लुइँटेलले भने, “यस क्षेत्रमा बिजुली कहिले आउँछ जस्तो लाग्थ्यो, आयो । बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।” गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको भन्दै स्थानीयको उज्यालोमा बस्ने सपना पूरा भएको वडाध्यक्ष मानबहादुर खत्रीले बताए । पालिकाले आफ्नो पहिलो प्राथमिकतामा विद्युत् सेवालाई राखेकाले अब सबैतिर विद्युत् विस्तार हुने उनकोे भनाइ थियो ।

साल्पासिलिछो पालिकाभित्र छ वडा छन् । अहिलेसम्म यहाँका केही वडामा मात्र विद्युत् सेवा पुगेको जनाउँदै अन्य वडामा विस्तार हुने क्रममा रहेको वितरण केन्द्रले जनाएको छ ।

 

वि.सं.२०८० असोज २८ आइतवार १२:३१ मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...