back
CTIZAN AD

एसीसी यू-१९ प्रिमियर कप : बहराइनलाई हराउँदै नेपाल विजयी

वि.सं.२०८० असोज २८ आइतवार

1.6K 

shares

काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । आज आइतवार भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो । बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्यो ।

एक समय २.३ ओभरमा ३-१० को अवस्थामा रहेको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले इनिङस् उकासेका थिए । चौथो विकेटका लागि कप्तान देव र अर्जुनले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए ।

अर्जुन र देव दुवैले समान ३२ रनको अविजित पारी खेले । ३१ बलको सामना गरेका अर्जुनले ५ चौका हाने । कप्तन देव खनालले २७ बलमा ४ चौका र १ छक्का हान्दै ३२ रनमा नटआउट रहे ।

त्यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा नै खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएको हो । नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो ।

नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दिपक बोहोरालाई शुन्य रनमा गुमाएको थियो । चौथो बलमा नै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लु धरापमा परे। दोस्रो ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक प्रसाद डुम्रे १ रनमा क्याच आउट भए ।

त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो ।

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए।

दुर्गेसले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए। बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन् ।

एक समय १०.५ ओभरमा १७-४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए ।

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए। समूह चरणको अन्तिम खेलमा नेपालले कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ ।
यसअघि नेपालले दुई सय ७४ रनले इरानलाई पराजित गरेको थियो ।
फोटो : क्यान

एसिसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा इरान पराजित

वि.सं.२०८० असोज २८ आइतवार १२:५६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...