back
CTIZAN AD

आजदेखि छैठौँ संस्करणको बेलबारी गोल्डकप

वि.सं.२०८० असोज २८ आइतवार

1.4K 

shares

बेलबारी । पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ ।

भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा मोफसलमा गोल्डकपका लागि तयारी पूरा भएको आयोजक डाँगिहाट फुटबल क्लबले जनाएको छ । बेलबारी–११ लक्ष्मी मार्गस्थित लक्ष्मी मावि खेलमैदानमा सुरु हुने प्रतियोगिता कात्तिक ४ गते समापन हुने क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए ।

दैनिक छ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा चार हजार क्षमता भएको बाँसको प्याराफिट, रङ्गरोगन, खेलमैदान मिलाउने, पोष्टर टाँस्नेलगायत सम्पूर्ण काम सम्पन्न भएको छ । खेलको सुरुमा रु ५० रुपैयाको टिकट र सेमिफाइनलदेखि एक सय र दुई सयको टिकटको व्यवस्था रहेको खेल संयोजक भाइकुमार गरुङ बताउछन् । बेलबारी नगरको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको गोल्डकपमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडाँै, बिग्रेड ब्वाइज क्लब काठमाडाँै, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टोली सहभागी हुने भएका छन् ।

प्रतियोगितामा विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाखसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ६२ लाख ९० हजार खर्च लाग्ने र रु ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

 

वि.सं.२०८० असोज २८ आइतवार १३:०५ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...