back
CTIZAN AD

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

वि.सं.२०८३ जेठ २१ बिहीवार

282 

shares

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ । यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो ।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ १६ गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको ‘क्र्याम्पोन पोइन्ट’मा फेला पारेका जानकारी दिए । बेपत्ता शेर्पालाई समितिका कर्मचारीले ‘क्र्याम्पोन पोइन्ट’बाट बोकेर गोरकशेपसम्म ल्याएका थिए ।

गोरकशेपबाट भने अल्टिच्युड एयरको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पतालमा ल्याएर उपचार भइरहेको सूचना अधिकारी गौतमले बताए । विभागले खोजी कार्यमा सहयोग गर्ने सम्बन्धित एजेन्सी, सरोकार भएका निकाय र उद्धारमा संलग्न सबैलाई धन्यवाद दिँदै शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

ओखलढुङ्गाका शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट सहयोगी कामदारका रूपमा आरोहणमा संलग्न रहँदै आएका थिए ।

 

वि.सं.२०८३ जेठ २१ बिहीवार १९:४२ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...