back
CTIZAN AD

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

वि.सं.२०८३ जेठ २१ बिहीवार

279 

shares

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स) परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा यसवर्ष दुई हजार २६३ परीक्षार्थी परीक्षामा सामेल भएकामध्ये एक हजार ५१५ जना मात्र उत्तीर्ण भएका हुन् । नेपाल मेडिकल काउन्सिलले नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण दर उल्लेखनीय भएको जनाएको छ । विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले बताए ।

एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।
चीनबाट अध्ययन गरी आएका १३३ मध्ये २० जना अर्थात् १५ दशमलव ०४ प्रतिशत बङ्गलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना अर्थात् ४१ दशमलव १४ प्रतिशत, भारतबाट एमबीबीएस अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१ छ भने फिलिपिन्सबाट अध्ययन गरेका परीक्षार्थीमध्ये २८ दशमलव ५७ प्रतिशत सफल भएका छन् ।

इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी आएका परीक्षार्थीमध्ये यसपटक कोही उत्तीर्ण हुन सकेनन् । बीडीएसतर्फ स्वदेशी कलेजकै नतिजा उत्कृष्ट देखिएको छ । नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन् । भारतबाट बिडिएस अध्ययन गरी आएका १७ मध्ये एक जना मात्रै सफल भएका छन् ।

नतिजाअनुसार एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट बनेको छ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९२ दशमलव २१ प्रतिशत तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ९१ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी सफल भएका छन् ।

विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर आउनुको मुख्य कारण भाषागत अवरोध तथा पाठ्यक्रमको भिन्नता रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा पाण्डेले बताए ।

वि.सं.२०८३ जेठ २१ बिहीवार १९:५० मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...