back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुराँस पौडेल, यस्तो छ नयाँ कार्यसमिति

वि.सं.२०८० असोज २९ सोमवार

1.3K 

shares

काठमाडौं । अन्तराष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुराँस पौडेल (गुणराज शर्मा) चयन भएका छन् ।

समाजको हालै सम्पन्न चौथो अधिवेशनले यसअघि उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

पर्वतको जलजलामा हालै सम्पन्न अधिवेशनले वेलायतमा बस्दै आएका दधी आचार्य वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुमा अमेरिकाबासी वावुराम शर्मा, कतारमा कार्यरत शेषराज तिमिल्सना, युएइबाट मणिप्रसाद भुर्तेल र जापानमा कार्यरत युवा व्यवसायी सुवास लामिछाने चयन भएका छन् । साथै महिला उपाध्यक्षमा दक्षिण कोरियामा कार्यरत संगीता कुँवर चयन भएकी छिन् ।

त्यस्तै समाजको महासचिवमा बेल्जियमबाट प्रकाश पौडेल र सचिवहरुमा कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (बेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा तिलक सापकोटा (युएई), क्षेत्रीय संयोजकहरुमध्ये मध्यपूर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका संयोजकमा रबिन शर्मा चयन भएका छन् भने सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी –जापान), सेवक विक (कतार), विकास लामिछाने (कतार), नन्दलाल विक (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) छन् । साथै समाजको नेपाल प्रतिनधीका रुपमा मुना भुषाल चयन भएकी छन् ।

सर्वसम्मत रुपमा आफुलाई अध्यक्षमा चयन गरिएकोमा धन्यवाद दिँदै पौडेलले भने ‘संस्थाको नेतृत्व गर्न पाउँदा खुशी लागेको छ । थप जिम्मेवार भएको महसुस भएको छ। पर्वतेलीहरुको हित र एकताका निमित्त काम गर्ने अरु हौसला मिलाएको छु ।’ हाल स्विटरजरल्याण्डमा रहँदै आएका पौडेलको आगामी कार्यकाल २ वर्षको रहेको छ ।

 

वि.सं.२०८० असोज २९ सोमवार १४:१४ मा प्रकाशित

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...