back
CTIZAN AD

बादलिङ ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

वि.सं.२०८० असोज २९ सोमवार

1.3K 

shares

बेइजिङ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।

पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । “ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ”, नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भने ।

यसअघि पुरातत्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म) को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।

“अविस्मरणीय देखिने यी ढुङ्गाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ”, साङले भने ।

ग्रेटवालका टावरहरूमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चा जस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमा रक्षकहरूको दैनिक जीवनलाई झल्काउँछ । उत्खननका क्रममा ढुङ्गाको किल्लासहित सीमा सुरक्षाका लागि अन्य सामग्रीहरू पनि फेला परेका थिए ।

ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खालहरू छन् । कुनै त दुई हजार वर्ष अघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाई २१ हजार किलोमिटर रहेको छ । सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा एक सय १० वटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् ।
सिन्ह्वा

वि.सं.२०८० असोज २९ सोमवार १४:२७ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...