back
CTIZAN AD

एनआरएनएको ११ औ अधिवेशन तथा विश्व सम्मेलन आजदेखि सुरु

वि.सं.२०८० असोज ३० मंगलवार

1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अधिवेशन तथा विश्व सम्मेलन आजदेखि सुरु हुँदैछ ।

काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।

प्रत्येक २/२ वर्षमा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्दै आएको एनआरएनएको नेतृत्व लिन यसपटक पाँच जनाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उक्त अधिवेशनमा वर्तमान अध्यक्षद्धय रविना थापा (अमेरिका) डा. बद्री केसी (रसिया), हालका उपाध्यक्ष आरके शर्मा (कतार), महेश श्रेष्ठ (जापान) र उपमहासचिव विनय अधिकारीले अध्यक्ष पदमा आफ्नो दावी गरेका छन् ।

अधिवेशनमा केसी, शर्मा र श्रेष्ठले प्यानलै बनाएर उम्मेदवारी घोषणा गरेका छन् । विश्वभरीबाट झण्डै चार हजार अभियन्ता सहभागी हुने उक्त सम्मेलनमा सरकारका प्रतिनिधि, एनआरएनए एनसीसीका पदाधिकारी, एनआरएनए अभियन्ता लगायतको उपस्थिति रहने एनआरएनएले जनाएको छ ।

 

वि.सं.२०८० असोज ३० मंगलवार ०७:५४ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...