back
CTIZAN AD

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

वि.सं.२०८० कात्तिक १ बुधवार

1.3K 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिदैछन् ।

नेकपा एमालेको समर्थनमा एकसाता अघि मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला समुहका कार्की एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भए पनि विश्वासको मत लिने क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका सांसदले साथ दिने बताइएको छ ।

यसअघि विना विभागीय दुई मन्त्रीसहित तीन सदस्यीय मन्त्रिपपरिषद् विस्तार गरेका कार्कीले आजै विश्वासको मत दिने सबै दलको प्रतिनिधित्व रहने गरी मन्त्रिमण्डल विस्तार गर्ने बताइएको छ ।

 

वि.सं.२०८० कात्तिक १ बुधवार १०:३८ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...