काठमाडौं । पाल्पाको रानीमहल जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रानीमहल जाँदै गरेको उक्त जिप बैकुण्ठे पहाडबाट झण्डै सय मिटर तल बराङ्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हो भने एकजना गम्भीर घाईते भएका छन् ।
प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेपनि उनीहरुको पहिचान भने खुल्न नसकेको जनाएको छ । साथै जिप कहाँका लागि छुटेको थियो भन्ने पनि खुलेको छैन ।
अपरान्ह ४ बजेतिर भएको उक्त जिप दुर्घटनामा चालक गम्भरि घाईते भएका छन. । दुर्घटनास्थल खोच रहेका कारण उद्धारमा कठिनाई भइरहेका कारण विस्तृत विवरण आउन बाँकी रहेको छ ।
वि.सं.२०८० कात्तिक ५ आइतवार १८:३१ मा प्रकाशित






























