काठमाडौं । पाल्पामा भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पाल्पाको रम्भा–४ रानीवन नजिकै आज बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा-मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी रम्भा-४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पाल्पामा हिजो साँझ दुर्घटना ६ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएको छन् ।
वि.सं.२०८० कात्तिक ६ सोमवार १०:१४ मा प्रकाशित






























