काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्रि गर्नका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
राष्ट्र बैंकद्वारा जारी सूचना अनुसार यहि कात्र्तिक १९ (बिहाँन ११ बजेदेखि ३ बजेसम्म) २४ गतेसम्म उक्त असर्फि बिक्रि गर्ने भएको हो ।
उक्त सिक्काहरु प्रतिव्यक्ति बढीमा १ सेट सुनका असर्फि (१० ग्राम, ५ ग्राम र २५ ग्राम) तथा चाँदिका सिक्का (मेडालियन) १ सेट (गाई अंङ्कित २५ ग्राम, १० ग्राम र लक्ष्मी अंङ्कित १० ग्राम, गणेश अंकित १० ग्राम, गज लक्ष्मी अंकित १० ग्राम) बिक्रि प्रबन्ध मिलाईएको सूचनामा उल्लेखछ ।
उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआरमार्फत् भुक्तानी गर्न सकिने पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
वि.सं.२०८० कात्तिक १५ बुधवार १६:३९ मा प्रकाशित






























