काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्धारको पहल गर्न आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शर्माले जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएकोले कतार सरकारको सहयोग लिएर जोशीको उद्वारको पहल गर्न सरकार समक्ष आग्रह गरेका हुन् ।
‘नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भइसकेको छ । कतार सरकारमार्फत् कुरा गरेर उनको उद्धार गर्न सकिने सम्भावना रहेको औल्याइएका छन्,’ शर्माले भने, ‘यो प्रक्रियामा गम्भीर पहल गर्न सभामुखमार्फत् प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।’
वि.सं.२०८० कात्तिक १६ बिहीवार १३:३५ मा प्रकाशित






























