back
CTIZAN AD

विचारको विकास गर्दै समाजवादी क्रान्ति सम्पन्न हुने पुर्वसभामुख सापकोटाको भनाइ

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

1.2K 

shares

काठमाडौँ । विचारको विकास गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्न अपरीहार्य भएको पुर्व सभामुख अग्नीप्रसाद सापकोटाले बताएका छन् । नेकपा माओवादी केन्द्र नार्गाजुन नगर समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सापकोटाले नेपाल अहिले पनि राजनैतिक सक्रमणमा रहेको भन्दै उक्त कुरा बताएका हुन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता समेत रहेका सापकोटाले नेपाली क्रान्तिको मौलिकपूर्ण बिगतलाई प्रचण्डपथका रुपमा स्मरण गर्दै विचारको विकास नगरी समाजवादी क्रान्ति सम्पन्न नहुने बताएका थिए । उनले पदावली के होला, त्यो महाधिवेशनले तय गर्ला तर त्यसको बैचारीक आधार निर्माण गर्न सबै कार्यकर्ता तयार हुनुपर्ने र अध्ययनमा लाग्नुपर्ने बताएका थिए ।

उनले संसद बिघटन देखी सम्झौताहरु गर्न आएका दबाब र प्रतिगमनका हर्कतहरु स्मरण गराउँदै उच्च मनोवलका साथ डटेर अघि बढ्दा सानो शक्ति पनि ठूलो बन्ने उदाहरण दिएका थिए । दलाल पुँजीले मानिसलाई दिग्भ्रमीत पार्ने प्रयास गरेपनि सबै समस्याका समाधान माक्र्सवाद अन्र्तगत नै हुने बताउँदै सापकोटाले बिशेष रुपान्तरणको कोर्षबाट क्रान्तिको आधार तयार हुने धारणा राखेका थिए ।

सो कार्यक्रममा माओवादी नेता झक्कु सुवेदी, सरल सहयात्री, निलकण्ठ तिवारी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । नगर समितिका अध्यक्ष युवराज भण्डारीको अध्यक्षता, सचिव शास्वत सुवेदीको संचालन र नगर इन्चार्ज तथा केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठको विशेष उपस्थिति, केन्द्रीय लेखा आयोगका सदस्य सुरेन्द्र भुजेल, विशेष प्रदेश सचिव कमल सापकोटा, ज्येष्ठ कम्युनिष्ट मंचका सदस्य प्रेम बिमली तथा नेकपा माओवादी केन्द्र काठमाडौँका संयोजक सञ्जय लामा तथा प्रदेश समितिका नेताहरुः सलिना पौडेल, शिव पोखरेल, दधिराज घिमिरे, निर्मला धमला, कृष्ण घिमिरे, प्रताप दानी, अमृत केसी, डा गणेश धमला सहित जिल्ला समन्वय समितिका सदस्यहरु र नगर पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा अभियानका संक्षिप्त गतिविधिसमेत राखिएको थियो ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार २०:५४ मा प्रकाशित

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...