back
CTIZAN AD

वीर र नेपाल सशस्त्रप्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारी

वि.सं.२०८० कात्तिक २४ शुक्रवार

1.1K 

shares

काठमाडौँ, । वीर अस्पताल र नेपाल सशस्त्रप्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा मन्त्रालयका आज आयोजित समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा रुपक महर्जनले शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन।

समझदारी प्रतिष्ठानले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि विस्तार गर्ने बताइएको छ । मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्चस्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै उक्त समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे।

“जनतालाई आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन यस समझदारीले थप भूमिका खेल्नेछ । मन्त्रालयका लागि यो खुशीको कुरा हो”, मन्त्री बस्नेतले भने, “सशस्त्र प्रहरीले शान्ति सुरक्षासँगै स्वास्थ्य उपचारको क्षेत्रमा उल्लेखनीय काम गरेको छ, सशस्त्र प्रहरी अस्पताललाई आवश्यकता सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार छौँ ।”

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतिष्ठानसँगको शैक्षिक समझदारी आफूहरुका लागि ठूलो उपलब्धी भएको बताए । उनले उक्त समझदारीले भविष्यमा मेडिकल कलेजको रुपमा सञ्चालन गर्न सहयोग पुग्ने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव डा देवकुमारी गुरागाईंले चिकित्सा क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताए।

उपकुलपति प्राडा बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा सशस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र प्रर्याप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिए ।

सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा महर्जनले उक्त समझदारी पछि सशस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने बताए । एक सय १० शययाबाट सुरु गरिएको सशस्त्र प्रहरी अस्पताल अहिले एक सय ९० शययामा सञ्चालित छ ।

वि.सं.२०८० कात्तिक २४ शुक्रवार २१:०८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...