back
CTIZAN AD

आन्तरिक पर्यटकको रोजाइमा भोटे कुकुर

वि.सं.२०८० कात्तिक २६ आइतवार

1.6K 

shares

डम्मर बुढामगर,ढोरपाटन (बागलुङ) । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।

केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन् । आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ ।

निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ । विशेषगरी बुटवल, पोखरा, काठमाडाँै, बागलुङ, धरानलगायत मुख्य सहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन नगरपालिका-९ पाखाथरका ज्ञानबहादुर विकले बताए । कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई÷तीन महिना नहुँदै किनेर लैजाने गरेको उनको भनाइ थियो ।

ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ । पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको उल्लेख गर्दै स्थानीयवासी विकले एउटै माउ भोटे कुकुरका लागि रु ५५ हजारदेखि रु ६० हजारसम्म पर्ने गरेको र तीनका बच्चा रु दस हजारसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । बजारका कुकुरले भन्दा भोटे कुकुरले जङ्गलीजन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यसवर्ष आफूले चार वटा बच्चा बेचेकोे उनको भनाइ थियो ।

“पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार/पाँच वटासम्म कुकुर पनि पालिन्थ्यो तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भए पनि बजारमा भने पाल्नेको सङ्ख्या बढी छ । पाँच वर्ष अगाडिसम्म कुकुर बिक्री हुन्छभन्दा अचम्म लाग्थ्यो, अहिले घरबाटै कुकुर बिक्री हुन्छन्” विकले भने- “गाउँका केही मान्छेले एउटै कुकुरको मूल्य रु ६० हजारसम्म लिए यहाँका कुकुर बजारका जस्तो हुँदैन्, लेकमा बसेका, लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने भएकाले बजार क्षेत्रबाट आउने धेरैजसोले स्याउ र आलुभन्दा कुकुर किनेर लाग्छन् ।”

निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आवद्ध छन् । उनीहरु लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन् । गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन् । गोठको छेउमै बाँधिएका कुकुरले पशुचौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताए ।

कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत पचासवर्षदेखि अहिलेसम्म करिब दस वटा कुकुर पालिसकेको उनले सुनाए । पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेको सिर्पालीको भनाइ थियो ।

पहिले-पहिले कुकुर पाल्न रहर हुनेले निःशुल्क नै लैजाने गरे पनि अहिले बिक्री हुन थालेकाले अघिल्लो वर्ष सात वटा र यसवर्ष तीन वटा कुकुर बेचेको उनले बताए । भोटे कुकुर अन्य जातभन्दा ठूलो, साहसिलो हुने र घरपालुवा जनावरसँगै गोठमा बस्ने भएकाले धेरैले मन पराउने गरेको सिर्पालीको भनइ थियो ।

विकले भने, “बजारमा पाइने, बेलायती जात भन्छन्, अरु केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ती कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ, जहाँ पनि बस्नसक्ने गुण भएकाले अहिले त बजारबाट आएका मान्छेहरु मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक ब्यायो भने मलाई राखिदिनु है भनेर पहिले नै माग गर्ने भएकाले अहिले त कुकुर पु¥याउनै गाह्रो पर्छ ।”

एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सोखका लागि भन्दै सहर बजारमा समेत लैजाने गरिएको छ । निसीखोलाको भल्कोट, सीप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ ।
रासस

वि.सं.२०८० कात्तिक २६ आइतवार १४:२२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...