back
CTIZAN AD

माओवादी केन्द्र र परिवार दलको उम्मेदवार तय

वि.सं.२०७४ वैशाख १६ शनिवार

615 

shares

 १६ वैशाख,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ललितपुरले आज ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ ।

माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ ।
माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ ।

यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार हुनुहुन्छ । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिनुभएको छ ।

कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ ।

ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।

परिवार दलबाट उमेदवार घोषणा

स्थानीय तहको निर्वाचनका लागि नेपाल परिवार दलको तर्फबाट चार महानगरपालिका र १३ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

सो पार्टीका अनुसार महानगरपालिकातर्फ काठमाडाँैको प्रमुखमा लक्ष्मीप्रसाद भण्डारी र उपप्रमुखमा श्रीमती पुनम डङ्गोल, ललितपुरको प्रमुखमा प्रदीपसिंह थापा र उपप्रमुखमा श्रीमती सरस्वती चित्रकार, भरतपुरको प्रमुखमा राजेन्द्रप्रसाद अर्याल र उपप्रमुखमा गायत्री सुवेदी र पोखरा लेखनाथको प्रमुखमा कल्पना बराल र उपप्रमुखमा गणेश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।

त्यसैगरी उपमहानगरपालिकातर्फ विराटनगरको प्रमुखमा तीर्थराज घिमिरे र उपप्रमुखमा लक्ष्मी राई, धरानको प्रमुखमा सङ्गीता लावती र उपप्रमुखमा रामबहादुर लिम्बू, इटहरीको प्रमुखमा सीतादेवी ढकाल र उपप्रमुखमा अशोक चौधरी, जनकपुरको प्रमुखमा पवन शाह र उपप्रमुखमा सीतादेवी झा, वीरगन्जको प्रमुखमा दिनेशकुमार अमात्य र उपप्रमुखमा तारादेवी कुर्मीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी कलैयाको प्रमुखमा विनेश चौधरी र उपप्रमुखमा रञ्जु देवी, जितपुर सिमराको प्रमुखमा सिन्दा ठाकुर र उपप्रमुखमा रविता अधिकारी, हेटाँैडाको प्रमुखमा सानु मोक्तान र उपप्रमुखमा मायादेवी ढकाल, नेपालगन्जको प्रमुखमा गयाप्रसाद कुमाल र उपप्रमुखमा लक्ष्मी बस्नेत, बुटवलको प्रमुखमा चन्द्रसेन यादव र उपप्रमुखमा ज्ञानु गुरुङ, घोराहीको प्रमुखमा शालिकराम चौधरी र उपप्रमुखमा मायावती चौधरी, तुल्सीपुरको प्रमुखमा विष्णु पाण्डे र उपप्रमुखमा चमेली विक, धनगढीको प्रमुखमा खडकसिंह नागरी र उपप्रमुखमा निर्मला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको सो पार्टीका अध्यक्ष एकनाथ ढकालले जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गरिने र अन्य पार्टीसँग चुनावी तालमेल हुँदा माथि उल्लिखित केही नाममा फेरबदल हुनसक्ने अध्यक्ष ढकालले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख १६ शनिवार १५:०९ मा प्रकाशित

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

हतियारसहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने...

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

सिद्धार्थनगर (रुपन्देही) । रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा...