back
CTIZAN AD

उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल

वि.सं.२०८० मंसिर २२ शुक्रवार

1.2K 

shares

काभ्रेपलाञ्चोक । उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।

उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ ।

उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले बताईन् । उनका अनुसार अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रारम्भिक चरणमा न्यूनतम उपकरणसमेत प्रदान गरिएको छ ।

यस्तै कार्यालयले तीन लाख ७२ हजार नौ सय ५१ नगरिकमध्ये उच्च रक्तचापको सम्भावित जोखिममा रहेका जिल्लाका ५० हजार ५० जनामध्ये पहिलो वर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य राखेको छ । जिल्लामा सन् २०२३ मे महिनाबाट उच्च रक्तचापसम्बन्धी नमूना कार्यक्रम सुरु गरिएको थियो । कार्यशालामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुने जनाइएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा खगेश्वर गेलालले नेपालमा नै नमूनाको रूपमा सुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गर्न योजना बनाइने बताईन । उनिको अनुसार नसर्ने रोगको प्रकोप बढिरहेकाले मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रमसँग सहकार्य गरी उच्च रक्तचाप नियन्त्रण गरिने छ ।

नागरिकमा उच्च रक्तचाप बड्नुमा वातावरण प्रदूषण, बढी मात्रामा नुनको प्रयोग, बोसोयुक्त तथा अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन, बढ्दो जङ्कफुडको प्रयोग एवं जीवनशैलीमा सक्रियपनको कमी, मानसिक तनाव, धेरै मात्रामा रक्सी सेवन, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारक रहेको जनाइएको छ । यस्तै उच्च रक्तचापका कारण मुटु, मानसिक, मिर्गाैलामा समस्याजस्ता घातक रोग लाग्ने भएकाले समय–समयमा आफ्नो स्वास्थ परीक्षण गराउनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १०:२५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...