काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने दललाई संविधानको धारा २७१ बमोजिम दल दर्ता गर्न आग्रह गरेको हो ।
आयोगले आज शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दललाई यही मंसिर २४ देखि २९ गतेभित्र आयोगमा दल दर्ता गर्नुपर्नेछ ।
आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँमा निवेदन दिन यो सूचना गरिएको छ ।’
यस्तो छ सूचना :

वि.सं.२०८० मंसिर २२ शुक्रवार ११:२९ मा प्रकाशित




























