back

विवाह बहस : यसकारण चुक्यो प्रचण्ड परिवार

वि.सं.२०८० पुस ३ मंगलवार

1.5K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

प्राध्यापक-भरत पोखरेल

गत मङ्सिरको अन्तिम साता नेपालमा भएका दुईवटा विवाहको बहस सामाजिक सञ्जालमा चलिरहेका छन् । एउटा विवाह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल–सीता दाहालकी नातिनी अर्थात् रेणु दाहाल–अर्जुन पाठककी छोरी प्रतिभा पाठक र अर्को विवाह बद्रीप्रसाद खतिवडाकी नातिनी अर्थात् नेकपा (एकीकृत समाजवादी) का नेता पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल शृङ्खला खतिवडाको विवाह ।

शृङ्खलाको विवाह बहसको शृङ्खला चलिरहला अहिले मेरो ध्यानाकर्षण रेणु पुत्री प्रतिभाको विवाह बारे रहेको छ । म चालीसको दशकमा चितवन भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थें । विद्यार्थी सकृय राजनीतिबाट प्राध्यापन पेशामा पसे पनि चितवनको सचेत समाजमा मेरो बौद्धिक सामाजिक सक्रियता थियो । म चितवन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको संस्थापक अध्यक्ष, दुई कार्यकाल अध्यक्ष रहँदा मेरो पहिलो कार्यकाल संगठन सचिब रामपुर कृषि क्याम्पसका स्ववियु पूर्व सभापति, चितवनमा चर्चित व्यक्तित्व मेरा समकालीन मित्र मित्रराज दवाडी र मेरो दोस्रो कार्यकाल संगठन सचिव वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियु पूर्वसचिब उदीयमान विद्यार्थी नेता प्रेमराज रिमाल हुनुहुन्थ्यो ।

२०४६ सालको जनआन्दोलनले देशमा बहुदलीय व्यवस्था बहाल भएको थियो । राजनीतिक पार्टीहरू सामाजिक रुपान्तरणमा पनि सकृय भए । नेकपा (मशाल) को राजनीतिक सामिप्यतामा रहेको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन पनि सामाजिक रुपान्तरणमा सकृय रूपमा लाग्यो । चितवनका गाउँबस्तीहरूमा हामीले मैनबत्ती बालेर, माला लाएर धेरै प्रगतिशील विवाह गरायौं । हाम्रो संगठनका साथीहरूले धेरै प्रगतिशील विवाह गराउनु भयो । यो कार्यमा मेरा प्राध्यापन सहकर्मी भीमराज अधिकारी र म साइकल चढेर प्रगतिशील विवाह गराउन चितवन धेरै चाहरेका छौँ । देशमा गणतन्त्र आयो तर सामाजिक रूपान्तरण गठबन्धन राजनीतिक प्रतिगमनको प्रतिछायाँ बन्यो र त्यसकै एउटा कुरूप उदाहरण हो प्रचण्ड नातिनी प्रतिभाको विवाह ।

प्रचण्ड परिवार सचेत भएको भए यो विवाहलाई सहज बनाउन सक्थ्यो । सन १९९७ मा भारतको राज्यसत्ताको कमान भारतीय राष्ट्रिय कांग्रेस अर्थात् सोनिया गान्धीमा थियो । १९९१ मा राजीव गान्धीको हत्यापछि राहुल प्रियंकाको सारा जिम्मेवारी सोनियाले सम्हालेकी थिइन् । १९९७ मा प्रियंकाको विवाह हुँदा सोनिया गान्धीले राष्ट्रको नाममा एउटा सन्देश प्रबाह गरिन् । ‘मेरो इच्छा प्रियंकाको विवाहमा सबै भारतबासीलाई निम्त्याउने रहेको थियो तर यो मेरो क्षमताभन्दा बाहिरको चाहना हुन्छ । हाम्री छोरीको विवाहमा बेहुलीको बुवा राजीव गान्धीको अनुपस्थिति हामीलाई साह्रै खट्किएको छ ।’ त्यो अभाव मेटाउन विवाहस्थल १० जनपथमा राजीव गान्धीका फोटाहरू राखिएका थिए । प्रियंकाको विवाहमा सोनियाले परिवार बाहेक सीमित मानिसहरूलाई मात्र निमन्त्रणा गरिन् । त्यो विवाहमा गठबन्धनका तत्कालीन प्रधानमन्त्री एच डी देवगौडा र कांग्रेस अध्यक्ष सीताराम केशरी बाहेक क्याबिनेट मन्त्रीहरूलाई पनि निम्तो थिएन ।

प्रचण्ड परिवारले सोनिया मोडेल अपनाउने सुअवसर थियो तर गुमायो । सीता दाहालको सम्झनामा केही देखिएन । एकवर्ष नबित्दै प्रचण्डले पत्नी, रेणुले आमा र प्रतिभाले हजुरआमा बिर्से । गोकर्ण रिसोर्टमा खलपात्रहरूको जमघटको तुष्टीकरण गराउन खलनायक राजेश हमाललाई शिखन्डी रूपमा उपयोगको औचित्य के ?

प्रतिभा रेणुकी छोरी हुन् । रेणुको जन्मथलो कर्मथलो चितवन हो । यो विवाह चितवनमा हुनुपर्थ्यो । दाहाल परिवारले राज्यसत्ताको दोहन दुरुपयोग गर्न राजधानी काठमाडौँ चयन गर्नु गलत भयो । प्रचण्ड परिवारले यो विवाह खर्चको अनुत्पादक अंश जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गरेको भए एउटा सकारात्मक नजीर बन्ने थियो । नातिनी–छोरी प्रतिभाको विवाहमा प्रचण्ड परिवार पूरै चुक्यो ।

वि.सं.२०८० पुस ३ मंगलवार १४:१३ मा प्रकाशित

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध...

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

संसदीय समितिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसदीय सिमितिको छलफलमा...

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

अधिवक्ता तथा बाम बुद्धिजीवी भण्डारीलाई मातृशोक

  काठमाडौं । अधिवक्ता तथा बाम बुद्धिजीवी गोपी भण्डारीलाई मातृशोक...

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाका र पुर्ख्यौली संस्कृतिको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी) । उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन...

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ पुर्पक्षका लागि जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा...

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा प्रवेश, उपाधिका लागि जोर्डनसँगको भिड्ने

काठमाडौँ । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ)...