काठमाडौं । साउदीमा कारोबार बिग्रिएर टाट पल्टिएको एक कम्पनीले आफ्ना कामदारको रोकिएको तलब दिने भएको छ ।
साउदी अरेबियाको महम्मद बल मोजिल ग्रुप कम्पनी टाट पल्टिएकोले त्यहाँ काम गरेबापत कम्पनीबाट पाउनुपर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका पाँसय भन्दा बढी नेपाली श्रमिकको नामावली सूचीसहित निकालेको नेपाली दूतावास रियादद्वारा जारी सूचनामा उल्लेखछ ।
उक्त कम्पनीले तलब र सुविधा लिन बाँकी रहेका पाँचसय बढी नेपाली श्रमिकसँग सम्पर्क गराई कम्पनीबाट पाउनुपर्ने तलब सुविधा भुक्तानीमा सहजीकरण गरिदिन भन्दै दूतावास समक्ष अनुरोध गरेको हो ।
३१ डिसेम्बरमा दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका व्यक्तिलाई चिन्नु भएको छ वा उहाँह्रुसँग सम्पर्क छ भने कृपया यो सूचना समयमै उहाँहरु समक्ष पुर्याइ सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।’
वि.सं.२०८० पुस १५ आइतवार १६:४२ मा प्रकाशित






























