back
CTIZAN AD

ग्लोबल आइएमई बैंकको सातवटै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविर

वि.सं.२०८० पुस १५ आइतवार

1.2K 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढि महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेको बैंकले जनाएको छ ।

यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पुरा गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

वि.सं.२०८० पुस १५ आइतवार १७:४४ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...