back
CTIZAN AD

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

वि.सं.२०८० पुस १५ आइतवार

1.2K 

shares
कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मिचल एक्लै पदयात्रामा गएका थिए ।
पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उहाँले आफ्नो नाम दर्ता गराएका थिए । बेपत्ता पर्यटकको खोजीका लागि पोखराबाट प्रहरी टोली त्यसतर्फ शनिबार साँझ नै प्रस्थान गरेपछि अझै पुग्न नसकेको प्रहरीले जनाएको छ । “पर्यटक सम्पर्कविहीन भएको सूचना पाएपछि हामीले शनिबार साँझ नै वडा प्रहरी कार्यालय बगरबाट प्रहरीलाई त्यसतर्फ पठाएका छौँ,” प्रनाउ विकले भने, “प्रहरी टोली अझै सो ठाउँमा पुगिसकेको छैन, टोली पुगेपछि खोजीमा लाग्नेछ ।”
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट समेत बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारको काम भइरहेको जानकारी दिए । “स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट आज बिहानदेखि नै खोजी सुरु गरे पनि साँझसम्म केही जानकारी प्राप्त हुन सकेको छैन,” गुरुङले बताए ।
स्थानीय पर्यटन व्यवसायीका अनुसार बेपत्ता पर्यटक मर्दीको भ्युपोइन्ट पार गरेर बेसक्याम्पतर्फ गएको जानकारी प्राप्त भएको छ । मर्दीको हाई क्याम्पबाट आधार शिविर पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ । मर्दी हिमाल पदयात्रा पछिल्ला केही वर्षदेखि कहलिएको पदयात्रामा पर्दछ । माछापुच्छ्रे गाउँपालिकाको सिदिङ, धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाले अष्ट्रेलियन क्याम्पबाट मर्दी पदयात्रा सुरु गर्न सकिन्छ ।
रासस

वि.सं.२०८० पुस १५ आइतवार २०:३७ मा प्रकाशित

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...