back
CTIZAN AD

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइयो

वि.सं.२०८० पुस १५ आइतवार

2.6K 

shares

चैनपुर (बझाङ) । आज पुस १५ गते उत्तरायणको सुरूआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् ।

पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ ।

संस्कृतिका जानकार विष्णुभक्त जोशीले भने“आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरूआत भएको कुरालाई अथ्र्याउने गर्दछन् ।” लामो दिनहरू सुरू हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सपर्ने, नयाँ दिनको सुरूवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए ।

उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन् । कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने गरेको उनले बताए । वित्थडचिर गाउँपालिकाका महेश विष्ट पनि पुसे पन्ध्र विशेष पर्व भएको बताएका थिए । दिदी बहिनी माइती आउनेदेखि घर परिवारमा नयाँ नयाँ परिकार बनाएर नयाँ दिनलाई स्वागत गर्नका लागि यो पर्व मनाउने गरेको उहाँले बताए । उनले भने “आज राति प्रत्येकको घरघरमा निसास्या (चामल पिठोको ठूलो रोटी) पकाएर खाने, वृद्धवृद्धाबाट लोक कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ । विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनी फल्ने कुरालाई खाने चलन छ ।”

उहाँका अनुसार यसरी खाँदा जाडो भाग्ने र शरीरमा फुर्तिलो हुने विश्वासले पनि रातभर जाग्राम बस्दै खाने किम्वदन्ती छ । सुदूरपश्चिममा कुनै ठाउँमा पुसे पन्ध्रका दिन वन पूजा गर्ने चलन पनि छ । खप्तडछान्ना–४ का हेमराज जोशीले भने , “आजको दिन कृषि औजार बञ्चरो, हँसिया, नाम्लो आदिको पनि पूजासमेत गरिन्छ । आजको दिन वन पुजा गर्दा काम गर्ने बेलामा चोटपटक नलाग्ने विश्वास रही आएको छ ।”

उहाँका अनुसार पुस पन्ध्रलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्कका रुपमा पनि व्याख्या गर्दछन् । रातभर खेलिने डेउडा खेलमा सभ्यता, संस्कृति, पहिचान, रितीरिवाजसँग सम्बन्धित रहेर देउडाका सवाल जवाफ हुने उनले बताए ।
रासस

वि.सं.२०८० पुस १५ आइतवार २०:५४ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...