back
CTIZAN AD

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

वि.सं.२०८० पुस १५ आइतवार

1.4K 

shares

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको सो जीन बैंकमा ३५ खोपे तथा रैथाने घार, मुढे घार निर्माण गरिएको छ । घार विभिन्न प्रजातिका मौरी र भमराको बासस्थान हुनेछ ।

सो अवसरमा नगर प्रमुख आचार्यले संस्कृति, सम्पदा र प्रकृतिमाथि मानवीय आक्रमण बढेको उल्लेख गर्दै यसको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए उनले भने “यस्ता कामका लागि साझा प्रयास आवश्यक हुन्छ ।”

नार्कका वैज्ञानिक डा भट्टराईले बीउ, किट, डिएनएलगायत पाँच किसिमका जीन बैंकको स्थापनामा जोड दिँदै जीन बैंकको अवधारणाको विकास रैथाने किट र बालीको संरक्षणका लागि भएको बताउनुभयो । उहाँले रैथाने बालीको संरक्षण र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्दै जीन बैंकको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न सुझाव दिए ।

सामुदायिक जीन बैंक नेपाल, सञ्जालका संयोजक परमुल बस्नेतले जीन बैंक संरक्षण नहुँदा मानवीय जीवन सङ्कटमा पर्ने उल्लेख गर्दै किट, पशु र अन्नबालीको संरक्षण नहुँदा दीगो विकास हुन नसक्ने बताए । “पहिले रैथाने घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिएका छन् । त्यसैले पनि यसको संरक्षण जरुरी छ”उनले भने । यसबाहेक बैजानाथ गाउँपालिकाको गाभर भ्यालीमा पनि यस अघि सामुदायिक जीन बैंक स्थापना भएको छ ।

संयोजक बस्नेतले सो जीन बैंकलाई बर्दिया, कैलाली, सुर्खेतलगायत जिल्लामा विस्तार गर्ने लक्ष्य भएको बताउनुभयो । विसं २०७८ मा पहिलो पटक सरकारले बाँकेमा ‘पुरमल घरायसी किट जिंक बैंक’ भनेर नामाकरण गरेर त्यसलाई घरमा नै स्थापना गरेर काम सुरु गरेको बताइएको छ । रासस

वि.सं.२०८० पुस १५ आइतवार २१:०८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...