back
CTIZAN AD

प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष सन् २०२३

वि.सं.२०८० पुस १६ सोमवार

1.1K 

shares

रामल्लाह । प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।

गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र छ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनता आफ्नो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताएका छन् । फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।

अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताएका छन् । उनले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरेका छन् ।
सिन्ह्वा

वि.सं.२०८० पुस १६ सोमवार १२:१५ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...