back
CTIZAN AD

‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

वि.सं.२०८० पुस २९ आइतवार

1.1K 

shares

खोटाङ । खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले रु एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले रु ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । यस्तै नेर्पा स्पोर्टस क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए । विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए । यही पुस २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।

वि.सं.२०८० पुस २९ आइतवार ११:२९ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...