back
CTIZAN AD

प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी

वि.सं.२०८० माघ ४ बिहीवार

1K 

shares

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।

जितका लागि ८९ रनको सामन्य लक्ष्य पछ्याएको आर्मीले ९ दशमलव ५ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥र्यो । आर्मीका लागि सन्तोष कार्कीले ३२ रनको योगदान दिए । उनले २७ बलमा ६ चौका र १ छक्कासहित ३२ रन बनाएका हुन् । ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्कासहित ३२ रन बनाए । कुशल मल्ल ७ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा नट आउट रहे । कोशीका सुजन थपलियाले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमा समेटियो । कोशीका कप्तान अङ्कित सुवेदीले ३७ बलमा ९ चौकासहित सर्वाधिक ४१ रन बनाए । त्यसबाहेक कोशीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आर्मीका साहब आलम एक्लैले ६ विकेट लिए । कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक÷एक विकेट लिए ।

 

वि.सं.२०८० माघ ४ बिहीवार १३:१५ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...