back
CTIZAN AD

मन्त्री पोखरेल भन्छन् देशैभरिकै शिक्षाको गुणस्तरमा ह्रास आउनुका कारण राजनीति

वि.सं.२०८० माघ ५ शुक्रवार

960 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताएका छन् ।

शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक सवालसम्बन्धी बहस तथा कर्णाली शिक्षापत्र’ विमोचन कार्यक्रममा मन्त्री पोखरेलले कर्णालीमा मात्र नभई शिक्षाका समस्या देशैभरि रहेका टिप्पणी गरेका हुन् । “शिक्षाको गुणस्तरमा ह्रास आउनुका कारण राजनीति हो”, उनले भने, “शिक्षासँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बालबालिका र समुदायको हितमाभन्दा निहीत स्वार्थ पूरा गर्न राजनीति गर्दै आएका छन् ।”

सङ्घसङ्गठनमा लागेका शिक्षक नेताहरुले यहाँको शिक्षासँग सम्बन्धित मुद्दामा कुनै पनि सुझाव सल्लाह सरकारलाई नदिएको उनकोे भनाइ थियो । कर्णालीको शिक्षा अवस्था सुधारका लागि सरकारले आफ्नो प्रयास जारी राखेको बताउँदै मन्त्री पोखरेलले इच्छाशक्ति भएका प्रधानाध्यापकले दुर्गममा समेत नमुना काम गरेको जनाए ।

सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कर्णालीको शैक्षिक अवस्थाका विषयमा बहसभन्दा व्यवहार आवश्यक भएको प्रतिक्रिया दिए । “यहाँको शिक्षाको अवस्था कमजोर छ भन्ने हामी सबैलाई थाहा छ”, उनले भने, “अब यसको सुधार र थप विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले कार्यान्वयन पक्षलाई जोड दिनुपर्दछ ।”

कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाहले शिक्षामा बजेट घट्दो क्रममा रहेकाले पनि अपेक्षित प्रतिफल आउन नसकेको बताए । उनले कर्णालीमा १२ हजार दरबन्दीमा कार्यरत शिक्षकमध्ये दुव्र्यसनीमा लागेका कति छन् भन्ने तथ्याङ्क आउनुपर्नेमा जोड दिँदै दलित नभई विपन्नलाई मात्र छात्रवृत्ति दिने नीति कर्णालीमा आवश्यक भएको औँल्याए ।
सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले शैक्षिक क्षेत्रको विमर्शले सकरात्मक प्रभाव पार्ने बताए । अहिले पठनपाठनका विषयमा बढी छलफल भएको बताउँदै सचिव काफ्लेले विषयवस्तुभित्र पस्न खोजेमा परिणाम अपेक्षित आउने जनाए ।

मध्यपश्चिम विश्वविद्यालयका प्रा डा चन्द्रप्रकाश रिजालले शिक्षा क्षेत्रको कर्मकाण्डीय पद्धतिमा परिवर्तन गरेर अघि बढ्नुपर्ने तर्क गरे । “अब हामीले पाठ्यक्रमको पुनःसंरचना र पाठ्यपुस्तकको पुनःलेखन गर्न आवश्यक छ”, प्रा डा रिजालले भने, “शिक्षामा हुने घुसपैठलाई पूर्णरुपले बन्द गर्नुपर्दछ ।”

उक्त कार्यक्रममा शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका प्रमुख बलवीर सुनारले कर्णालीको समग्र शैक्षिक अवस्था तथा सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले शिक्षाका गुणात्मक वृद्धि, कर्णालीका शिक्षाका मुद्दाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उक्त कार्यक्रममा ‘कर्णाली शिक्षापत्र’ विमोचन गरिएको थियो ।

 

वि.सं.२०८० माघ ५ शुक्रवार १२:५४ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...