back
CTIZAN AD

नियम उल्लङ्घन गर्ने छ बैंक कार्वाहीमा, दुईलाई नगद जरिवाना

वि.सं.२०८० माघ ८ सोमवार

1.2K 

shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लङ्घन गर्ने छ बैंकलाइ नेपाल राष्ट्र बैंकले कार्वाही गरेको छ । कार्बाहीमा परेकाहरुमध्ये लक्ष्मी सनराइज र हिमालयन बैंकलाई राष्ट्र बैंकले आर्थिक जरिवाना गरेको छ भने बाकीलाई पहिलोचोटीको लागि सचेत गराएको छ ।

आर्थिक जरिवानामा परेको लक्ष्मी सन्राइज बैंकलाई सम्पत्ति शूद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंङ्घन गरेको भन्दै ७० लाख रुपैयाँ जरिवाना गरेको छ भने कर्जा÷ श्रोत परिचालन अनूपात उल्लङ्घन गरेकोभन्दै हिमालयन बैंकलाई एक करोड ६७ लाख ७१ हजार ४३४ रुपैंयाँ नगद जरिवाना गरेको छ ।

त्यस्तै एनएमबी बैंक, एनआइसि एसिया बैंक, नबिल बैंक र सिटीजन्स बैंक इन्टरनेशनलाई पहिलो चोटीको लागि सचेत गराइएको छ ।
राष्ट्र बैंकका अनुसार एनएमबी बैंकलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकोले कार्बाही स्वरुप उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ । साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, अनुसार सचेत गराईएको छ ।

त्यस्तै एनआइसि एसिया बैंकलाई ‘ऋणीहरुबाट बढी लिएको ब्याज फिर्ता गराई सचेत गराईएको छ । राष्ट्र बैंकका अनुसार इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको कर्जाको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको एवं आर्थिक वर्ष. २०७८÷७९ र २०७९÷८० मा पुनः निर्देशन विपरीत कर्जाको ब्याज बढाएको, क्यापिटल एडिक्वएन्सि फ्रे्रमवर्क विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको, यस बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं १५ को बुँदा नं. ३ को (८) समेत उल्लङ्घन गरेको पाईएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको जनाएको छ । साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी यस बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. ६÷०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार संचालक समितिलाई सचेत गराइएको जनाएको छ ।

त्यसैगरि नविल बैंक पनि राष्ट्र बैंकको कार्वाहीमा परेको छ । राष्ट्र बैंकले नविलको सञ्चालक समिति र प्रमुख कार्याकारी अधिकृतलाई ब्याजदर बढाएकोले कार्बाही गरेको छ । राष्ट्र बैंकका अनुसार ‘इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५÷०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको जनाएको छ ।

त्यस्तै ‘इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५÷२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैँकको कोर बैकिङ् सिस्टममा राखी कर्जामा एडिसनल रिक्स प्रिमियम स्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको, क्यापिटला एडिक्वएन्सि फ्रेम वर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको, यस बैंकको एकिकृत निर्देशन नं. १५÷०७८ को ३(८) विपरित प्रिमियम बढाएको, ऋणीहरुसँग त्रैमासिक रुपमा लोन एड्मिनिस्ट्रेसन फि लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको जनाएको छ ।

उता कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटला एडिक्वएन्सि फ्रेम वर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले भन्दै सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको जनाएको छ ।
प्रत्येक वर्ष बाणिज्य बैंकहरुलाई राष्ट्र बैंक ऐन विपरित गएको भन्दै आर्थिक जरिवाना र सचेत गराउँदै आएको छ । यति हुँदा हुँदै पनि बैंकहरु अस्वस्थ प्रतिस्पर्धाको होडमा लाग्ने गरेको देखिएको छ । अघिल्ला आर्थिक वर्षहरुमा पनि बैंकहरुले उस्तै प्रकृतिका नियमहरु उल्लङ्घन गरेर राष्ट्र बैंकले कार्वाही गर्दै आएको थियो ।

वि.सं.२०८० माघ ८ सोमवार १३:१४ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...