काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । आज निर्यात व्यवसायी महासंघ नेपाल (फीन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा.महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
उनले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’
वि.सं.२०८० माघ १८ बिहीवार १२:०४ मा प्रकाशित






























