back
CTIZAN AD

रास्वपा सचेतक डाँगीद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

वि.सं.२०८० माघ २४ बुधवार

879 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बढ्दो सवारी दुुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्याइरहेको उक्त प्रस्तावमा उल्लेख छ । प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमति पत्र किनबेच गर्ने विचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवद्र्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा राष्ट्रिय विकास योजनामा दिगो विकासका लक्ष्य समावेश गरेको नेपालले ‘ग्लोबल रोड ट्राफिक सुरक्षा’का उद्देश्यसँग तालमेल मिलाएर काम गर्नपर्ने मार्गनिर्देशनको मागसमेत गरिएको छ ।

यस्तै, सडक र विद्यामान पूर्वाधारका क्षमता वृद्धि र स्तरोन्नतिका लागि सरकारका योजना एवं कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल माग गरिएको छ ।

प्रस्तावमा सचेतक डाँगीले सडक दुर्घटनाको न्यूनीकरण गर्न र पैदल यात्रुको सुरक्षा सुनिश्चित गर्न नयाँ कानुन आवश्यक भएको भन्दै त्यससम्बन्धी छलफल गर्न माग गरेकी छन् ।

“दुर्घटनामा परेर ज्यान गुमाउने वा घाइते ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेको र त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको छन्”, प्रस्तावमा भनिएको छ, “दीर्घकालीन असर हेर्ने हो भने राज्यले बेहोर्नुपर्ने मानवीय, आर्थिक र सामाजिक क्षति पनि उत्तिकै ज्यादा हुने गर्छ । सडक दुर्घटनाका कारण बर्सेनि करिब रु दुई खर्बको क्षति हुने गरेको छ ।” गत आवमा मात्रै सडक दुर्घटनाबाट रु एक खर्ब ७३ अर्ब बराबरको आर्थिक क्षति नेपालले बेहोर्नुपरेकोर सडक दुर्घटनाकै कारण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तीन प्रतिशत बराबरको आर्थिक नोक्सानी बर्सेनि सरकारले बेहोरिरहेको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावको समर्थकमा रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठलगायतका सांसद छन् ।

 

वि.सं.२०८० माघ २४ बुधवार १६:२२ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...