back
CTIZAN AD

दुई दिनदेखि सुत्केरी बेथा लगेकी महीलाको हेलिकप्टरबाट उद्धार

वि.सं.२०८० माघ २५ बिहीवार

1.1K 

shares

मान्म (कालीकोट) । कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको बुधवार हेलिकप्टरमा उद्धार गरिएको हो ।

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पु¥याएका थिए । सुत्केरी हुन नसक्दा उनलाई हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताए । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उनले भने ।

सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० माघ २५ बिहीवार ०७:४१ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...