काठमाडौँ । निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गरिहेको छ । तीन दिनदेखि सुनको मूल्यमा नयाँ रेकर्ड कायय हुँदै आएको हो । आज पुनः सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ।
आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको छ भने चाँदकिो मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
वि.सं.२०८० फागुन २४ बिहीवार १२:१८ मा प्रकाशित






























