back
CTIZAN AD

अमेरिकी अर्थव्यवस्था र आप्रवासनको अवस्थामा सुधार आएको राष्ट्रपति बाइडेनको दावी

वि.सं.२०८० फागुन २५ शुक्रवार

1.1K 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनका त्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उनले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभएको छ ।

महिनौंसम्म बाइडेनको अनुमोदन दर ४० प्रतिशतभन्दा कम रहेको अवस्थामा उनको टिप्पणीअझै पनि उच्च मूल्य, अनिश्चित अर्थतन्त्र, सीमा सङ्कट र भूराजनीतिक द्वन्द्वलगायतका कारण निराश भएका अधिकांश अमेरिकीसँग मेल नखाने सम्भावना छ ।

“मेरा पूर्ववर्तीबाट मैले अमेरिकी अर्थव्यवस्थालाई सङ्कट उन्मुख अवस्थामा सम्हालेको थिए । अहिले हाम्रो अर्थतन्त्र संसारको ईष्र्या बिषय बनेको छ”, बाइडेनले अमेरिकी अर्थव्यवस्था सुधारोन्मुख रहेको बताउँदै भने, “ज्याला बढ्दै जान्छ र मुद्रास्फीति घट्दै जान्छ !”

तर ग्यालोपले हालै गरेको एक सर्वेक्षण अनुसार ४५ प्रतिशत अमेरिकीले देशको वर्तमान आर्थिक अवस्थालाई खराब ठान्छन्, एक चौथाइभन्दा बढीले मात्र अवस्थालाई सन्तोषप्रद ठान्छन् । पाँच प्रतिशतभन्दा बढीले मात्र अवस्थालाई उत्कृष्ट ठान्छन् भने २२ प्रतिशतले राम्रो ठान्छन् र अन्य २९ प्रतिशतले स्वाभाविक (न्यायोचित) भएको विश्वास गर्छन् ।

मुद्रास्फीतिले बहुसङ्ख्यक अमेरिकीहरूलाई प्रभावित गरिरहेको सर्वेक्षणले देखाएको छ, जसमा १७ प्रतिशतले उनीहरूको जीवनस्तर कायम राख्ने क्षमतामा असर पार्ने ‘गम्भीर’ कठिनाइ भएको बताएका छन् भने ४६ प्रतिशतले यसलाई ‘मध्यम’ कठिनाई भएको बताएका छन् ।

आफ्नो भाषणमा बाइडेनले आफ्नो टोलीले दुवै दलका सिनेटरहरूसँग वार्ता गरेको र सीमा सुरक्षा सुधारको ‘सबैभन्दा कठिन’ द्विदलीय समर्थन रहेको विधेयकको नेतृत्व गरेको बताए । उनको यो टिप्पणीलाई त्यहाँ उपस्थित रिपब्लिकन सांसदहरूले चर्को स्वरमा आलोचना गरेका थिए ।रिपब्लिकनहरूले हालैको सीमा सम्झौतालाई कठिन कार्य नभएको बताएका थिए ।

अलाबामाका रिपब्लिकन सिनेटर केटी ब्रिटले बिहीबार राति बाइडेनको सम्बोधनमा रिपब्लीकनको औपचारिक प्रतिक्रिया दिँदै राष्ट्रपतिले सीमा सङ्कट सिर्जना गरेको र ‘अपराधीलाई विश्वासमा’ लिने र भोट बैङ्क सुरक्षित गर्ने प्रयास गरेको बताए ।

ब्लुमबर्ग न्यूज र मर्निङ कन्सल्टको हालैको सर्वेक्षणअनुसार अमेरिका–मेक्सिको सीमामा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका लागि बाइडेनले जिम्मेवारी वहन गरेका १० मध्ये छ जनाले बताएका छन् । यो सीमा क्षेत्रमा दुबै दलको राजनीतिक प्रभाव बराबरी रहेको मानिन्छ ।

युक्रेन र रूसबीच लामो समयदेखि जारी द्वन्द्वका बीच राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर अमेरिकी सैन्य सहायताका साथै गाजामा इजरायली हवाई तथा स्थल आक्रमणजारी रहेका कारण प्यालेस्टिनी नागरिकले भोग्नुपरेको मानवीय सङ्कट दिन प्रतिदिन भयावह बन्दै गएको भन्दै सांसदहरू निराश हुँदै गएका बेला उक्त सम्बोधन गरेका हुन् ।

इजरायली र प्यालेस्टिनीबीचको द्वन्द्वबारे बाइडेनको व्यवस्थापन र अमेरिकी अडानबारे युवा मतदाता रूष्ट देखिएका सर्वेक्षणले देखाएको छ ।युवा अमेरिकीहरू विशेष गरी आलोचनात्मक छन्, इजरायलको कारबाही र गाजा द्वन्द्वमा अमेरिकी प्रशासनको व्यवस्थापन दुवैप्रति असन्तोष व्यक्त गर्छन् ।
स्टेट अफ द युनियनको सम्बोधनका क्रममा बाइडेनले मतदातालाई आफ्नो नीति सफल भएको विश्वास दिलाउने प्रयास गरेका थिए । सम्बोधनमा उनले ट्रम्पको नाम उल्लेख नगरी निरन्तर उनको आलोचना गर्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको आवश्यकता पुष्टि गरेको थियो । उनले आफ्नो प्रशासनले गरेका राम्रा कामको खुलेर प्रशंसा गरेका थिए ।

वि.सं.२०८० फागुन २५ शुक्रवार २०:५६ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टे«ट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टे«ट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...