back

नेपालमै पहिलो पटक सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

वि.सं.२०८१ वैशाख १० सोमवार

345 

shares
RBB AD
NTC AD

 

काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो ।

सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् ।

बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले रु बीस हजारदेखी रु दुई लाख पचास हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुबिधा पनि रहेको छ ।

बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ । साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको बैंकले जनाएको छ । बैंकका अनुसार भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा बैंकले गरेको छ ।

बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

 

वि.सं.२०८१ वैशाख १० सोमवार १२:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

ग्लोबल आइएमई बैंकद्वारा प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डद्वारा १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डद्वारा १० मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...