back
CTIZAN AD

पर्वतमा हिउँदे धानखेती प्रर्बधन कार्यक्रमलाई प्रभावकारी बनाइदै

वि.सं.२०७४ वैशाख २६ मंगलवार

720 

shares

paddy-field
फलेवास (पर्वत), २६ वैशाख । जिल्ला कृषि विकास कार्यालयको हिउँदे धानबाली प्रर्बधन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा हिउँदे धानखेती विस्तार गरिएको हो ।

कार्यालयले पैयु गाउँपालिका हुवासमा नमुना ब्लकको रुपमा एक सय रोपनी जग्गामा खेती विस्तार गरेको छ । यस्तै टकलाक, त्रिवेणी, बेउलीबास, अर्मादी, लस्ती, मिलनचोकलगायत स्थानमा गरी एक हजार ६६० रोपनीमा हिउँदे धानखेती गरिएको कार्यालयका धानबाली फोकल पर्सन चेतनाथ पौडेलले जानकारी दिनुभयो ।

अहिलेसम्म निर्वाहमुखी खेतीमा भर पर्दै आएकाले हिउँदे धानबालीबाट किसानव्यावसायिक बनाउने अभिप्रायले हिउँदे धानखेतीतर्फ आकर्षित गरिएको उहाँले बताउनुभयो । हिउँदे धानबालीमा अहिले किसान विभिन्न समूह बनाएर अग्रसर भएका छन् । समूहमा आबद्ध भएर खेतीमा सक्रिय भएपछि अनुदान, बाली बिमालगायतका क्रियाकलापमा सहज हुने स्थानीय काशीराम गौतम बताउनुहुन्छ ।

हुवासमा हर्दिनाथ १ जातको १०५ किलो बीउ लगाइएको छ । हिउँदे धानबाली सोचेअनुरुप उत्पादन गर्न सकेमा उद्योग नै स्थापना गरेर चिउरा, भुजालगायतका खाद्य सामग्री उत्पादन गर्न सकिने गौतमको भनाइ छ ।

लोपोन्मुख रुपमा रहेको हिउँदे धानखेती नमुना ब्लकबाट उत्पादन दिन सकेमा आउँदो वर्ष फलेवास, कुर्घालगायतका स्थानमा समेत विस्तार गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । हिउँदे धान समुद्री सतहदेखि ६०० मिटरदेखि एक हजार २०० मिटर उचाइसम्म लगाउन सकिन्छ ।  फाइल फोटो

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०९:२६ मा प्रकाशित

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...