back
CTIZAN AD

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

वि.सं.२०८१ जेठ १० बिहीवार

753 

shares

सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र चौधरीले बताए । मन्दिर आसपासको क्षेत्रमा हिजोदेखि नै मेलाभर्नेको चहलपहल बढेको छ ।

व्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर चार सय स्वयंसेवक खटाइएको अध्यक्ष चौधरीले जानकारी दिए । मेलास्थल नजिक राजदेवी ताल, गोसाइँकुण्ड, शिव डाँडा, हात्तीदह सिमसार क्षेत्र, बानो गाउँ आकर्षक रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा स्थानीय बुद्धीजीविले जोड दिएका छन् ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राजदेवी पञ्चावती मन्दिर क्षेत्रको संरक्षणका साथै यो क्षेत्रको पर्यटकीय विकासका लागि नगरपालिकाले काम गरिरहेको बताएका छन् ।

वि.सं.२०८१ जेठ १० बिहीवार १०:३९ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...