back
CTIZAN AD

सुर्खेत जीप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

वि.सं.२०८१ जेठ १७ बिहीवार

954 

shares

काठमाडौं । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप आज सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:५९ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...