back

नेप्से परिसूचकको ओरालो यात्रा जारी

वि.सं.२०८१ जेठ १७ बिहीवार

384 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इन्जिनियरिङ नौ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले नौ दशमलव ५० प्रतिशतले कमाएका छन् ।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन सात दशमलव शून्य आठ, बाराही हाइड्रोपावर छ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी पाँच दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०८१ जेठ १७ बिहीवार १६:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
नेप्से परिसूचक २७ अङ्कले घट्यो

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज...

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

आज नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, १३ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको...

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

साताको पहिलो दिन ६१ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...