back
CTIZAN AD

सवारी दुर्घटनामा २७ वर्षीया युवतीको मृत्यु, पाँचजना घाइते

वि.सं.२०८१ जेठ १७ बिहीवार

1K 

shares

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतिको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । घाइते तोलाङ्गीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालल महाराजगञ्जमा राखिएको छ ।

दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तमाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी घाइते भएका छन् । उनीहरूको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए ।

वि.सं.२०८१ जेठ १७ बिहीवार १६:४७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...