back
CTIZAN AD

किसान परियोजनाबाट कृषक लाभान्वित

वि.सं.२०७४ वैशाख २९ शुक्रवार

888 

shares

२९ वैशाख,रामपुर (पाल्पा) । रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् ।
आम्दानीका लागि निकै सङ्घर्ष गर्नुभएका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि उहाँको जीवन बदलिएको हो ।

परियोजनाले आजभन्दा तीन वर्ष अगाडि तरकारी व्यवसायका लागि कृषि सामग्री, बीउबिजन सहयोग गरेपछि उहाँलाई आम्दानी गर्ने बाटो नै अहिले तरकारी व्यवसाय बनेको छ ।
बेलाबेलामा घरमै आएर परियोजनाले कृषि सामग्री, उन्नत जातका बीउबिजन र खेती गर्न आधुनिक प्रविधि सिकाएपछि व्यवसाय गर्न निकै सजिलो भएको सोतीको अनुभव छ ।

किसान परियोजनाले जिल्लाका ग्रामीण भेगका कृषकलाई लक्षित गरेर व्यवसायमा सहयोग गरेपछि उहाँजस्तै अन्य कृषक पनि व्यवसायमा लागेका हुन् । परियोजनाले विशेष गरी ग्रामीण भेगका गरिब असहाय बेसहारा, जनजाति, दलित बस्तीमा पुगेर कृषि व्यवसाय गर्न हौसला प्रदान गर्दै लगानीसमेत गरिदिएपछि कृषकको आम्दानी गर्ने बाटो तरकारी व्यवसाय बनेको हो ।

परियोजनामार्फत जिल्लाका दुई नगरपालिका र साविकका १६ गाविसका गाउँ तथा टोल टोलमा पुगेर समूह गठन गरी कृषकलाई सैद्धान्तिक, प्राविधिक ज्ञान सीप सिकाउँदै व्यवसायतर्फ उन्मुख गराउन सफल भएको परियोजनाले जनाएको छ ।

यस परियोजनाबाट जिल्लाका तानसेन र रामपुर नगरपालिका, साविकका गाविसहरु अर्गली, बौघापोखराथोक, चापपानी, चिदिपानी, चिर्तुङधारा, देउराली, गल्धा, हुँगी, खस्यौली, मस्याम, नायरनम्तलेस, पालुङमैनादी, पीपलडाँडा, पोखराथोक, तेल्घा र ठिमुरेका दुई हजार ७९४ घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस कार्यक्रमबाट सोचेभन्दा राम्रो प्रगति पाइएको परियोजना प्रमुख मेनुकुमार श्रेष्ठ बताउनुहुन्छ । “सुरुमा त लगानी खेर जाने हो कि भन्ने चिन्ताले साताएको थियो”, “लगानीअनुसार उपलब्धि पनि राम्रो रह्यो, बजारबाट किनेर खाने कृषकले अहिले तरकारी उत्पादन गरेर बजारसम्म बिक्री गर्ने गरेको पाइएको छ” – उहाँले भन्नुभयो । पाँच वर्षको अवधिको लगानी र उपलब्धि हेर्दा यहाँका कृषक निर्वाहमुखीबाट व्यवसायतर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।

परियोजनाले व्यवसाय गर्न जागरुक गराएपछि व्यवसाय थालेको हुगीका कृषक झविलाल पाठक बताउनुहुन्छ । उहाँले अहिले करिब १५ रोपनी जग्गामा तरकारीखेती थाल्नुभएको छ । वार्षिक रुपमा करिब रु १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य उहाँको लक्ष्य छ ।
बजारबाट किनेर खाने कृषकले घरमै तरकारी उत्पादन गरी बजारमा बिक्री गरेको देख्दा निकै खुसी लागेको परियोजनाका बजार प्राविधिक अशोक गुरुङ बताउनुहुन्छ ।
परियोजनाले समूहमार्फत विभिन्न कृषि सामग्री, आर्थिक रकम सहयोग गरेपछि व्यवसाय गर्न कृषकलाई सहज भएको रामपुरका अगुवा कृषक नारायणप्रसाद भण्डारी बताउनुहुन्छ ।

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०७:१३ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...