back
CTIZAN AD

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड

वि.सं.२०७४ वैशाख २९ शुक्रवार

1.2K 

shares

२८ वैशाख, धनगढी । सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप निकै बढेको छ ।

कार्यालयले पछिल्ला केही महिनायता सवारी चालकका लागि निवेदन आह्वान गरी अनुमतिपत्र वितरण गर्न थालेसँगै सेवाग्राही बढी देखिएको कार्यालयका प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो ।

सवारी अनुमति लिने र नवीकरण गर्नेलगायतका कामका लागि दिनहुँ सेवाग्राहीको ठूलो भीड देखिँदा कार्यालय परिसरमा दिनहुँ कुनै मेला लागेको जस्तो देखिने गरेको छ ।

कैलालीको साविक बौनिया गाविसका शिवचरण चौधरीले पहिलोपटक सवारी चालक अनुमतिपत्र पाउँदा प्रसन्न हुनुभयो । निवेदन आह्वान नगरेकैले चार वर्षसम्म गाउँमा बिनालाइसेन्स ट्र्याक्टर चलाएर बसियो, चौधरीले भन्नुभयो – “आज बल्ल अनुमतिपत्र पाउँदा खुसी लागेको छ ।”

यसअघि लामो समयसम्म सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था रोकिएकाले अनुमतिपत्रबिना नै सवारी साधन चलाउनुपर्दा बेलाबखत कतिपयले विभिन्न कठिनाइ झेल्नुपरेको थियो ।

देशका अन्य यातायात कार्यालयले वर्षैभरि सबै किसिमका सवारी साधनको लाइसेन्स बनाउन निवेदन माग नगर्ने गरेको परिप्रेक्ष्यमा यस कार्यालयले भने पछिल्लो केही समययता वर्षमा दुईपटकसम्म सबै किसिमका सवारी साधनका लागि लाइसेन्स दिने व्यवस्था गरेको हो ।

कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण गर्ने, नवीकरण गर्ने, नामसारी गर्ने, अनुमतिपत्र हराएमा प्रतिलिपि दिने, विदेशबाट लिएको अनुमतिपत्रलाई नेपालीकरण गर्ने, दर्ता गर्ने, सवारी साधनका लागि मार्ग इजाजत दिनेलगायतका काम गर्दै आएको छ ।

यातायात व्यवस्था ऐन तथा नियमावलीले सम्बन्धित यातायात कार्यालयका प्रमुखलाई सवारी चालक अनुमतिपत्र दिने÷नदिनेसम्बन्धीलगायतका काममा अधिकार प्रत्यायोजन गरेको छ ।

कार्यालयमा बेलाबखत बिचौलियाले सेवा छिटो छरितो उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त शुल्क मागेर हैरान पार्ने घटना विगतमा हुने गरेका थिए । पछिल्लो केही महिनायता भने कार्यालयमा बिचौलियाको प्रभाव र गतिविधि रोक्न सफल भएको कार्यालयका प्रमुख भुसाल दाबी गर्नुहुन्छ ।

“सेवाग्राहीको काम गराइदिने भन्दै कर्मचारीको कुर्ची छेउसम्म पुग्ने बिचौलियाको गतिविधि अहिले रोकिएको छ”, भुसालले भन्नुभयो – “कार्यालयका कर्मचारीका निम्ति तोकिएको पोसाक र परिचयपत्रको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दा र नियमित अनुगमन गर्दा बिचौलियाको प्रभाव रोकिएको हो ।”

सेवा सहज ढङ्गबाट प्रदान गर्न कार्यालयले यसअघिसम्म दिनको २ बजेसम्म मात्र राजस्व बुझेर सेवा प्रदान गर्ने गरेकामा हाल सबै प्रक्रिया पु¥याएर सेवा लिन आउने सेवाग्राहीलाई सोही दिन राजस्व बुझेर सेवा उपलब्ध गराउने गरेको छ ।

कार्यालयले चालु वर्षको चैतसम्म एक हजार ४३० ठूला सवारी साधन, ९९८ साना सवारी साधन, र छ हजार ५८४ मोटरसाइकल दर्ता गरेको छ । यो अवधिमा सात हजार ९१४ चालक अनुमतिपत्र वितरण र पाँच हजार ७९५ चालक अनुमतिपत्रको नवीकरण गरिएको छ ।

सेवाग्राहीको चाप बढेसँगै चालु वर्षमा कार्यालयको राजस्व पनि ५८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

कार्यालयको तथ्याङ्कमा गत वर्षको चैतसम्म रु १४ करोड २७ लाख ५७ हजार १६६ राजस्व सङ्कलन भएकामा चालु वर्षको चैतसम्म रु २४ करोड ५८ लाख ९६ हजार ७४४ राजस्व सङ्कलन भएको उल्लेख छ । बेरुजु रकम फछ्र्योटमा पनि कार्यालयले यो अवधिमा ७२ दशमलव ५८ प्रतिशतले प्रगति गरेको छ ।

कार्यालयको आव २०७२÷७३ सम्म रु एक करोड ३२ लाख ४५ हजार २०० बेरुजु रहेकामा यो अवधिमा रु ९६ लाख १२ हजार ८४५ फछ्र्योट भएको छ ।

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०६:४३ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...