back
CTIZAN AD

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

वि.सं.२०८१ असार ३ सोमवार

570 

shares

काठमाडौं । नेपाल-भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ ।

‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार काठमाडौंमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा भारत-नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्धमा प्रगाढता रहेको बताए ।

कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाललगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स-आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एसिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको थियो ।

वि.सं.२०८१ असार ३ सोमवार १०:३१ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...