back
CTIZAN AD

घरजग्गा कारोबार बढेपछि अर्थतन्त्र चलायमान हुने सङ्केत

वि.सं.२०८१ असार ३ सोमवार

750 

shares
काठमाडौँ । जेठ महिनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार जेठमा मात्रै ६१ हजार १ सय ६१ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ । जुन वैशाखको तुलनामा २२.८५ प्रतिशत बढी हो ।
बेशाखामा ४९ हजार ७ सय ८२ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । घरजग्गा कारोबार बढेसँगै सरकारको राजश्व पनि बढेको छ ।
जेठ महिनामा सरकारले घरजग्गा कारोबारमार्फत तीन अर्ब ३३ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । वैशाखमा भने सरकारले घरजग्गा कारोबारमार्फत तीन अर्ब ८६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । जुन जेठ महिनाको तुलनामा १२.३० प्रतिशत कम हो ।
घरजग्गा कारोबारमार्फत प्राप्त हुने सबैभन्दा धेरै राजश्व रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरको छ । सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।
लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबार बढेपछि शिथिल अर्थतन्त्र पनि चलायमान हुने जानकारहरूले बताएका छन् ।

वि.सं.२०८१ असार ३ सोमवार १४:२७ मा प्रकाशित

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...