काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे माग राखेर आन्दोलित बनेका छन् । उनीहरुले अतिरिक्त कामको प्रोत्साहन भत्ता माग्दै संसद परिसरमा धर्ना दिएका छन् ।
संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।
‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।
वि.सं.२०८१ असार ४ मंगलवार १२:१५ मा प्रकाशित






























