back
CTIZAN AD

सरोज के लामाले ल्याए ‘साझँ पर्नु अघि’

वि.सं.२०८१ असार ४ मंगलवार

1.2K 

shares

काठमाण्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चा कमाएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन् लामा ।

साथी भेट्न गएकी प्रेमी आफुलाई गोधुली साँझ हुदाँ पनि नआएको तथा आफनो प्रेमीका अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो मायालाई सुन्दर ठाउँ पुर्याउनको लागि अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफ्ठ्यारो महसुस भएको कुरा गीतमा उल्लेख छ ।

सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।

’साझँ पर्नु अघी’ राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक लामाको विश्वास छ ।

वि.सं.२०८१ असार ४ मंगलवार १२:२४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...